नियम १७३
धरौटी खाता
(१) स्थानीय निकायमा यस नियमावली वा प्रचलित कानून बमोजिम राख्नु पर्ने धरौटी रकम सम्बन्धित स्थानीय निकायले तोकेको बैड्ढमा छुट्टै खाता खोली राख्नु पर्नेछ । प्रत्येक स्थानीय निकायले खोल्ने धरौटी खाता सामान्यतया एउटा मात्र
हुनेछ ।
(२) उपनियम (१) बमोजिमको धरौटी खातामा रकम जम्मा गर्नु पर्दा सम्बन्धित व्यक्तिले बैड्ढले तोके बमोजिम दुई प्रति भौचर भरी बैड्ढ दाखिला गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको दुई प्रति भौचर मध्ये एक प्रति बैड्ढले सम्बन्धित व्यक्तिलाई दिनेछ । त्यस्तो भौचर सम्बन्धित स्थानीय निकायमा बुझाई सोको आम्दानी रसिद लिनु पर्नेछ । तर सिलबन्दी बोलपत्र साथ पेश गर्ने भौचरको सम्बन्धमा बोलपत्र खोली सकेपछि नगदी रसिद लिनु दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको धरौटी खाताको सञ्चालन अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ । अधिकार प्राप्त अधिकारीले आÇनो उत्तरदायित्वमा आवश्यकतानुसार आÇनो मातहतका अन्य अधिकृत र आर्थिक प्रशासन शाखाका प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीको दस्तखतबाट सञ्चालन गराउन पनि सक्नेछ । तर गाउ“ विकास समितिको हकमा अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।